सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । विगत दुई बर्षदेखि ब्रेनट्युमरबाट पीडित पत्रकार फणिदेव महतलाई चन्द्रपुर हस्पिटल प्रालिले आर्थिक सहयोग गरेको छ ।
पत्रकार महतलाई नगद ५० हजारसहित आजीवन हस्पिटलबाट सेवा निशुल्क प्रदान गर्ने भएको हो। अस्पतालका संचालक डा.सुवास चौधरीले मंगलबार एक कार्यक्रमकावीच नगद राशीको चेक दिएका हुन ।
चन्द्रपुर हस्पिटल प्रालिमा कार्यरत कर्मचारी, डाक्टरसहितको टिमले एक दिनको तलव बराबरको सहयोगबाट संकलित रकम दिएका छन ।
संचालक डा.चौधरीले पत्रकार महतको उपचारका लागि आर्थिक सहयोग गरिएको बताए । चन्द्रपुर हस्पिटल प्रालिबाट उपलब्ध हुने सेवा आजीवन निशुल्क प्रदान गर्ने समेत उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले पत्रकारिता मार्फत समाजलाई ठूलो योगदान गरेकै परिणाम पत्रकार महतलाई समाजले समेत सम्झेको बताए ।
कार्यक्रममा पत्रकार महतले आफुलाई विगतका दिनमा समेत चन्द्रपुर हस्पिटलले गरेको सहयोगको उच्च प्रशंसा गर्दै सहयोगको लागि आभार प्रकट गरेका छन । कार्यक्रममा चन्द्रपुरमा रहेको संचारकर्मी तथा हस्पिटलका संचालक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा