सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन् ।
मंगलवार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दावी गरे ।
उनले भने, ‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ । त्यसलाई कसैले अवरोध गरेको छैन । अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन । हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन् ।’
उनले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन् । उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप पनि लगाए ।
सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन् ।
खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए । उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे ।
उनले सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसेसरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दावी गरे ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा