सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भास्कर–तेजश्री स्मृति प्रतिष्ठानले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा संचालन भइरहेको प्रशिक्षणमासातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन् ।
तालिमका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले उपचार गरेर केही विरामीलाई निको पार्न सकिन्छ तर रोग लाग्नै नदिने भनेको सचेतना एवं सशक्तीकरण नै भएको औंल्याए । त्यसका लागि सशक्त माध्यम भनेको बालबालिका एवं विद्यालय नै रहेको पनि बताए ।
उनले कुनै पनि कुरा समाजमा पुर्र्याउने मेरूदण्ड भनेको विद्यालय र बालबालिका नै भएको हुँदा नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी जनचेतना जगाउन विद्यालय नै रोज्नु र शिक्षकलाई नै यसको प्रशिक्षक बनाउन तालिम दिइएकोमा फाउण्डेसनलाई धन्यवाद दिए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा.रीता थापाले नवयुवा भनेको भोलिको नेतृत्व र समृद्धि भएको हुँदा उनीहरूलाई स्वस्थ राख्न र समतामूलक एवं दुव्र्यवहारमुक्त समाज निर्माण गर्न पहल गर्नु नै फाउण्डेसनको उद्देश्य रहेको बताइन् ।
थापाले समाजमा दुव्र्यवहार गर्ने ८९ प्रतिशत आफैँले चिनेका व्यक्ति हुने भएको हुँदा नवयुवालाई सशक्तीकरण गर्नु नै यसको न्यूनीकरण एवं रोकथाम भएको बताए ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.सङ्गीता मिश्रले स्वास्थ्य र शिक्षाको सम्बन्ध अत्यन्त पारस्परिक हुने भएको हुँदा शिक्षाको माध्यमबाट नै नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गर्नु प्रतिष्ठानको महत्वपूर्ण कार्य भएको बताइन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले ७४ प्रतिशत मान्छे नसर्ने रोगका कारण मरिरहेको बताए । उनले नसर्ने रोगबाट बच्ने उपाय भनेको खनपान र जीवनशैली नै भएको बताए । खानपान जीवनशैलीमा सुधार शारीरिक व्यायाम गर्ने हो भने ५८ प्रतिशत मधुमेह त बिसेक समेत हुने अग्रवालको भनाइ थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले प्रतिष्ठानसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम विद्यालय लेवलबाट अभिभावकसमक्ष पुर्र्याउन सकिन्छ भनेर नै एमओयु गरिएको बताए ।
शिक्षकलाई प्रशिक्षित गरी समाजलाई राम्रो प्रभाव पार्न सकिन्छ भनेर एमओयु गरिएको उनको भनाइ थियो । भुसालले नेपाल सरकारले लिएको संवैधानिक एवं नीतिगत कुरालाई व्यवहारमा कार्यान्वय गराउन प्रतिष्ठानले सहयोग गर्न सक्ने विश्वास लिएको समेत बताए ।
विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा.संभाजी राव पाण्डवले नसर्ने रोगबाट बच्ने र बचाउने भनेको जागरण एवं सशक्तीकरण नै रहेको बताए । विद्यालय तहबाट नै जीवनशैलीप्रति बालबालिकालाई सचेत र शक्तीकरण गराउन सकेमा नसर्ने रोगको मृत्युदर घट्न सक्ने उनको भनाइ थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुलीले भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले गर्न खोजेको कामको गम्भीरतालाई बुझेर नै प्रतिष्ठानसँग केन्द्रले सहकार्य गरेको बताए । सहकार्य समाजका लागि उपयोगी हुनेमा विश्वस्त रहेको पराजुलीको भनाइ थियो ।
विशेष गरेर स्वास्थ्य र सामाजिक विषयसँग सम्बन्धित तालिम भएको हुँदा स्वास्थ्य शारीरिक र सामाजिक विषयका प्रशिक्षक र रोस्टर प्रशिक्षकलाई तालिममा सहभागी गराइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा