सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । अपाङ्गता भएका व्यक्तिका लागी बृन्दावन नगरपालिकाले परिचयपत्र वितरण गर्न थालेको छ ।
बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले एक कार्यक्रमका बीच अपाङ्ग भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र प्रदान गरेका हुन् ।
यो परिचय पत्र प्राप्त गरेका व्यक्तिहरूले सरकारी तथा सार्वजनिक सेवाहरूमा प्राथमिकता, स्वास्थ्य उपचारमा छुट तथा विशेष सेवा, सामाजिक सुरक्षा भत्ता तथा सहयोग कार्यक्रम , शिक्षा तथा रोजगारीमा विशेष अवसर , अपाङ्गता मैत्री संरचना तथा यातायात सुविधा पाउने नगर प्रमुख कुर्मीले जानकारी दिए ।
उनका अनुसार हालसम्म नगर भित्रका १ सय ३८ जनाले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए ।ती निवेदन मध्ये नियम अनुसार योग्य ठहर भएका व्यक्तिहरूलाई वर्गीकरण गरी परिचयपत्र वितरण गरिने उनले उल्लेख गरेका छन ।
अपाङ्गता परिचय पत्रका लागी क वर्ग (अति गम्भीर अपाङ्गता) – ७ जना, ख वर्ग (गम्भीर अपाङ्गता) – १५ जना, ग वर्ग (मध्यम अपाङ्गता) – ३८ जना , घ वर्ग (सामान्य अपाङ्गता) – ६५ जनालाई वर्गीकरण गरि बितरण गरिएको बृन्दावन नगरपालिकाले जनाएको छ ।
स्थानीय तहमा महिला तथा बालबालिका कार्यालय स्थापना भएपछि, कार्यविधि २०७९ अनुसार नगरपालिकाले परिचयपत्र वितरणको जिम्मेवारी पाएको हो । यस कार्यबाट बृन्दावन नगरपालिकाका अपाङ्गता भएका नागरिकलाई लाभ पुग्ने अपेक्षा गरिएको छ । यसअघि महिला विकास तथा जेष्ठ नागरिक कार्यालय मार्फत परिचयपत्र वितरण हुँदै आएको थियो ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा