सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भएपनि काठ आयात विदेशबाट हुने बताएका छन् ।
मानव वन्यजन्तु द्धन्द्ध र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘मुख्यगरी वन व्यवस्थापन गर्न प्राधिकरण आजको आवश्यक्त हो । नेपालमा ४६ प्रतिशत वन क्षेत्र भएर पनि विदेशबाट काठ आयात हुने अवस्था छ । हाम्रो श्रम शक्तिहरु बाहिर रोजगारीमा गइरहेका छन् । त्यसैले पनि विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक छ ।’
साथै उनले वनका कामहरु गर्नको लागि प्राविधिकहरुको कमी रहेको बताए । उनले वन व्यवस्थापनका लागि थुप्रै किसिमका प्राविधिकहरु आवश्यक हुने बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा