सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाले नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’लाई कडा आलोचना गरेकी छिन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूको मधेस दौडाहालाई कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी हुन्।
थापाले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरी एक चोटि मधेसतिर लालसेना खोज्न हिँडेछन् कामरेडहरू, पुराना आधार इलाकामा पत्याउन छोडे कि क्या हो?’ उनले माओवादीले अब आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिँदै, सत्ताबाहिर बस्न नसक्ने मानसिकता त्याग्न आग्रह गरेकी छिन्।
उनले थप लेखेकी छिन्, ‘चटक पनि कति जानेका? यो देशमा सत्ताबाहिर बस्न यति पीडा महसुस गर्ने माओवादी, आफ्नो समीक्षा कहिले गर्ला?’
रेखा थापाले माओवादी पार्टीको इतिहासलाई सम्झाउँदै पूर्व लडाकुहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्, ‘छातीमा गोली थाप्नेहरू हराए, युद्धमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउँछौ भन्नेहरू हराए, अब फेरी अभिनय किन? बरु सिधै भन्नु नि— हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ।’
माओवादी केन्द्रले अहिले मधेसमा जनतासँग माओवादी अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू मधेसका विभिन्न जिल्लाहरूमा जनसम्पर्क गर्दैछन्। पार्टी स्रोतका अनुसार, माओवादीले आगामी वर्ष हिमाली र मध्यपहाडी क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ।
रेखा थापाको आलोचना माओवादीभित्रको संगठनात्मक स्थिति र जनताबीचको लोकप्रियता घट्दै गएको संकेतको रूपमा हेरिएको छ। उनका यी भनाइहरूले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गर्ने सम्भावना देखिन्छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा