सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ फागुन । साताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । आज आइतबार नेप्से ७५ दशमलव २४ अङ्कले बढेर २ हजार ८९० दशमलव २८ बिन्दुमा पुगेको छ ।
यसदिन ३०२ वटा कम्पनिको २ करोड ९१ लाख ६६ हजार भन्दा बढिको शेयर १४ अर्ब २५ करोडमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्सको शेयर ९७ करोड ५३ लाखमा किनबेच भयो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिवार पनि नेप्से ४९ अङ्क भन्दा धेरैले बढेको थियो । नेप्से गएको भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको हो । त्यसदिन नेप्से २ हजार ८९४ विन्दुमा थियो । नेप्सेसँगै कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ । उक्त दिन ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो ।
आज म्यूचुअल फण्ड बाहेक सबै उपसमूहको शेयर बढेकोमा फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा र उत्पादन समूहको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज पाँच वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ ।
उच्च अंङ्कले बढेको बजारमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा