सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ ।
आइतबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी समावेश गरिएको छ । तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुने महानगरले जनाएको छ ।
सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिने महानगरले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले, सहरी व्यवस्थापनको समेत अधिकार भएकाले नगर प्रहरी बलबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने अपेक्षा राखे ।
महानगरपालिकाका ट्राफिकविज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, मानव स्रोतबाट चलेको ट्राफिक व्यवस्थापन प्रणालीलाई चलायमान बनाउन ट्राफिक प्रहरीलाई सहयोग गर्नुपर्ने आवश्यकता पूरा गर्दै सहरी आवागमन व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाको दायित्व प्रभावकारी कार्यान्वयन हुने प्रणाली स्थापना गर्न लागिएको बताए ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउने क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताए ।
नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार काठमाडौँ महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ । कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते सकिएको हो ।
तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रमाण पत्र प्रदान गरेका थिए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा