सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण हाल देशका पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ भने तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका प्राय स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको छ ।
आज राति देशका पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा भने वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा