सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै मोबाइल बैंकिङ एपबाटै मुद्दती खाता खोल्ने सेवा ल्याएको छ। अब ग्राहकहरूले बैंकमा भौतिक रूपमा उपस्थित नभई डिजिटल माध्यमबाट नै सजिलै मुद्दती खाता खोल्न सक्नेछन्।
बैंकको मोबाइल एप ‘के.एस. आइ मोबाइल बैंकिङ’ प्रयोग गरी ग्राहकहरूले जुनसुकै समयमा, जहाँबाट पनि आफ्नो मोबाइलमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन्। बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै, केवल मोबाइल एपमा लगइन गरी मुद्दती बचत खाता चयन गरी इच्छाएको रकम प्रविष्ट गरी ग्राहकहरूले सहज रूपमा यो सेवा लिन सक्नेछन्।
कामना सेवा विकास बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै आफ्ना ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिएको छ। डिजिटल बैंकिङ्ग प्रणालीलाई अझ प्रवर्द्धन गर्दै बैंकिङ प्रक्रिया सरल, सहज र द्रुत बनाउने उद्देश्यसहित यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
बैंकका अनुसार, डिजिटल बैंकिङ्ग प्रविधिलाई अझ प्रभावकारी बनाउँदै ग्राहकहरूलाई थप आधुनिक सेवा प्रदान गर्ने योजनासमेत अघि सारिएको छ। ग्राहकहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले आगामी दिनमा थप नविनतम डिजिटल सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा