सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । वाग्मती प्रदेशमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एमएसएस) मा सिन्धुपाल्चोकको चौतारा अस्पताल प्रथम र रामेछापको रामेछाप अस्पताल दोस्रो भएका छन् ।
वाग्मती प्रदेशका ५० शैय्याका अस्पतालमध्ये सिन्धुपाल्चोकको चौतारी अस्पतालले १ सय अङ्कमा ९३ अङ्क प्राप्त गरी प्रथम भएको छ । न्यूनतम सेवा मापदण्डमा रामेछाप अस्पताल ८९ अङ्क प्राप्त गरी दोस्रो भएको छ ।
वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले गरेको न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्थाबारे मापनमा पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा तेस्रो भएको छ । सो अस्पतालले ७२ अङ्क प्राप्त गरेको छ ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन समितिका सदस्य मदन ज्ञवालीले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एसएमएस) अन्तर्गत गरिएको मूल्याङ्कनमा ती अस्पताल पहिलो, दोस्रो र तेस्रो भएका बताए । अस्पतालहरूमा गरिएको स्थलगत अनुगमनका आधारमा न्यूनतम मापदण्ड कार्यान्वयनको अवस्था मापन गरिएको उनले जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा