सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बरहबिघा) मा आयोजना हुने भएको छ ।
उक्त प्रतियोगितामा कुल १६ समूहको सहभागिता रहनेछ । पहिलो र दोस्रो राउन्ड नकआउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकिपर, फिल्डर तथा म्यान अफ द म्याच लगायत विभिन्न विधामा खेलाडीहरू पुरस्कृत गरिने आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले जानकारी दिएका छन् ।
यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
खेलको विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने मुख्य आयोजक न्यू भिजन नेपालका अध्यक्ष एवम प्रतियोगिता व्यवसथापक अम्बु प्रसाद साहले जानकारी दिए । साथै उनले प्रतियोगीता हेर्न क्रिकेट संघका पदाधिकारी पनि आउने हुनाले आगामी दिनमा राष्ट्रिय स्तरको खेलका लागि छनोट हुने खेलाडीमा प्रतियोगीतामा अब्बल हुनेहरुले ग्राहिता पाउने जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा