सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ फागुन । नेपालमा चिकित्सा तथा प्रयोगशाला क्षेत्रमा सबैभन्दा ठूलो B2B इभेन्ट “नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५” आगामी फेब्रुअरी २७ देखि मार्च १ ( फागुन १५ ५ गते देखी १७ ५ गते ) गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको थियो ।
यस वर्षको एक्स्पोमा चिकित्सा, शल्यचिकित्सा, डायग्नोस्टिक तथा अनुसन्धान प्रयोगशालासम्बन्धी अत्याधुनिक प्रविधिहरू तथा नवीनतम उत्पादनहरू प्रदर्शन गरिने भएको छ ।
अन्तर्राष्ट्रिय सहभागिता र प्रविधि प्रदर्शन
यस एक्स्पोमा भारत, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तान लगायत विभिन्न देशका उच्च गुणस्तरका आपूर्तिकर्ताहरूको सहभागिता रहनेछ। तिनीहरूले नवीनतम प्रविधि, उपकरण तथा स्वास्थ्यसम्बन्धी अत्याधुनिक समाधानहरू प्रस्तुत गर्ने
गत वर्ष २०२४ को संस्करणमा ९,००० भन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको थियो, जसमा १५ भन्दा बढी देशका ५००+ ब्रान्ड तथा उत्पादकहरूले नेपाल बजारका लागि आफ्नो नवीन उत्पादनहरू प्रदर्शन गरेका थिए।
स्वास्थ्य सेवा बजारको वृद्धिसँगै एक्स्पोको महत्त्व
नेपालको स्वास्थ्य सेवा बजार तीव्र रूपमा वृद्धि भइरहेको छ। नयाँ अस्पताल परियोजनाहरू, अत्याधुनिक प्रविधिको माग तथा गुणस्तरीय चिकित्सा उपकरणहरू आवश्यक पर्ने कारणले गर्दा यो उद्योग लगातार विस्तार भइरहेको छ। नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योग व्यवसायीहरूलाई एकै ठाउँमा भेला गराउने, बजार जानकारी आदानप्रदान गर्ने, तथा व्यावसायिक सहकार्यका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ।
नेपाल मेडिकल शो (NMS) ले स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत अस्पताल, चिकित्सक, प्याथोलोजिस्ट, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता तथा खुद्रा विक्रेताहरूलाई जोड्ने प्रमुख अन्तर्राष्ट्रिय प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ।
यस प्रतिष्ठित एक्स्पोलाई CHEMSAN (केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल), EEPC INDIA (इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल) तथा S D Promo Media द्वारा सह-आयोजना गरिएको छ। साथै, अन्य प्रमुख व्यापार संघ तथा संस्थाहरूको समेत सहयोग प्राप्त भएको छ।
नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५ ले नेपालका स्वास्थ्य तथा प्रयोगशाला उद्योगलाई प्रविधिमैत्री बनाउन थप मद्दत गर्ने विश्वास गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा