सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन् ।
उनले भनिन्,‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन,बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ ।
स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहीत हुने बानी राम्रो भएन । यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौं ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा