सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । जनकपुरधामलगायत वरिपरिका क्षेत्रमा रहेको व्यापार र उद्योग व्यवसायलाई डिजिटर प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले जनकपुरधामका व्यवसायी र सामानहब नेपालबीच छलफल भएको छ ।
जनकपुरधास्थित उद्योग वाणिज्य संघमा आयोजित छलफल कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग गरी व्यापारीहरुले थोकमा सामान किनबेच गर्न सक्ने गरि काम गर्दै आएको सामानहब नेपालका प्रतिनिधिसँग छलफल गरेका छन् ।
सो क्रममा सामानहब नेपालको प्यालेटफर्मको प्रयोग कसरी गर्ने र यसबाट थोक सामान व्यवसायीहरुले कसरी खरीद विक्री गर्न सक्ने बारे जानकारी लिएका थिए ।
सामानहब नेपालको वेबसाइटबाट खुद्रा ग्राहक नभई थोक व्यापार गर्ने उद्योग र व्यवसायीहरुले सामान किनबेच गर्न सकिने सामानहब नेपालका संस्थापक संजय कुमार साहले जानकारी दिए । उनले यस पल्याटफर्मको माध्यबाट व्यवसायीहरुले लाभ लिन सक्ने धारणा व्यक्त गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा