सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । युएई, ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधि नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । यो यूएईमा नेपाली समुदायबाट आयोजित अहिलेसम्मकै ठूलो धनराशिको नेपाली फुटवल प्रतियोगिता भएको बताइएको छ ।
जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुवईको दुलस्को क्याम्पको फुटबल मैदानमा भएको उक्त प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो । प्रतियोगिताको उपबिजेता न्यु ब्वाइज फुटबल क्लव भएको थियो भने फेयर प्लेयर क्लवको उपाधि मेची महाकाली फुटबल क्लवले पाएको छ ।
प्रतियोगितामा प्रथम हुने नख्खील गोर्खा फुटबल क्लबले ट्रफिसहित ८ हजार १ युएई दिराम पुरस्कार पाएको छ ।
उपविजेता न्यु ब्वाइज फुटबल क्लवले ४ हजार १ युएई दिराम प्राप्त गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागि रहेको थियो ।
युएईमा अहिलेसम्मकै ठूलो धनराशीको नेपाली फुटवल प्रतियोगिता ‘प्रथम जिसिडि कप–२०२५’ मा फेयर प्लेयर क्लवको उपाधी मेची महाकाली फुटबल क्लवले पाएको छ ।
२ चरणमा सम्पन्न प्रतियोगिताको पहिलो चरण अन्तर्गत उदघाटन समारोह फेब्रुअरी २२ को बेलुका ९ बजे सुरु भएको थियो भने लगातार १५ घण्टासम्म चलेको प्रतियोगिता दोश्रो चरणको समापन समारोहसहित फेब्रुअरी २३ गते अपरान्ह सम्पन्न भएको थियो ।
जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठको जेष्ठ सुपुत्र उज्जल श्रेष्ठको सभापतित्व तथा दूतावासका लेवर काउन्सिलर दिपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन समारोहमा दूतावासका श्रम सहचारी पंकजलाल कर्ण, गैरआवासिय नेपाली संघ युएईका अध्यक्ष विकास शाही, नेपाली जनसम्पर्क समिति युएईका सभापति भवानी प्रसाद तिमल्सिना, प्रवासी नेपाली मंच युएईका अध्यक्ष बाबुराम सापकोटा, नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष लक्ष्मण खनाल, एनआरएनका सचिव मनोज कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस महासमिति सदस्य दिनेश बहादुर गुरुङ, जनसम्पर्क समिति यूएईका संरक्षक तथा एनआरएनए आइसीसी सदस्य खेमलाल बस्नेत लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
खेलपछि आयोजित समापन समारोह जिसिडि ग्रुपका अध्यक्ष तथा गैरआवासिय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उपसंयोजक रमेश श्रेष्ठको सभापतित्व तथा नेपाली काङ्गे्सका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा सहभागी टिम, समर्थक तथा सहयोगी सबैप्रति आभार प्रकट गर्दै जिसिडि ग्रुपका अध्यक्ष रमेश श्रेष्ठले प्रवासमा रहेर पनि काम गर्ने शिलशिलामा आएका नेपालीहरुले आफ्नो खेलप्रति देखाएको माया र झुकावको खुलेरै प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुको मनोबल बढ्ने र आत्मियता बढने बताए ।
श्रेष्ठले यस प्रतियोगितालाई आगामी संस्करणमा अझ उत्कृष्टताका साथ आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्दे दोश्रो संस्करणको जिसिडी कपमा पुरस्कार राशी दोब्बर बनाउने घोषणा गरे । कार्यक्रममा उपस्थित सबैले जिसिडी ग्रुप र यस्का अध्यक्ष श्रेष्ठको खुलेर प्रशम्सा गरे । उनिहरुले यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि शुभकामना ब्यक्त गरे ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा