सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाबाट अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विक भरूवा बन्दुक दुई थान र बारूद सहित शनिवार दिउँसो पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
अभियुक्त विकबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा