सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु परिवर्तन सम्बन्धी कार्यमा सदाचार र सुशासन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष मदन कृष्ण शर्माले जलवायु परिवर्तन सम्बन्धिको क्रियाकलाप, व्यवस्थापनमा भ्रष्टाचार घुस्न नपाओस् भन्ने उद्देश्यले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बताए ।
जवलवायु परिवर्तन सम्बन्धी बजेटहरु कसरी सञ्चालन भइरहेको छन् ,बजेट सञ्चालन हुँदा भएको स्वार्थको द्वन्द्वले परियोजनाहरुको कार्यान्वयनमा कस्तो असर परिरहेको छ भन्ने कुरालाई अध्ययनको प्रतिवेदनको रुपमा ल्याएको पनि उनले जानकारी दिए ।
उनले भने,‘जलवायु परिवर्तन सम्बन्धिको क्रियाकलाप,व्यवस्थापनमा सदाचारयुक्त होस् । यसमा भ्रष्टाचार घुस्न नपाओस् भन्ने उद्देश्य हो । जवलवायु परिवर्तन सम्बन्धी बजेटहरु कसरी सञ्चालन भइरहेको छन् । बजेट सञ्चालन हुँदा स्वार्थको द्वन्द्व छ, जसले यी परियोजनाहरुको कार्यन्वयनमा कस्तो असर परिरहेको छ भन्ने अध्ययन रुपमा ल्याएको हो ।’
त्यस्तै उनले देशमा स्वार्थको द्वन्द्वको राम्रो व्याख्या कतैपनि नभएको बताए । जलवायु परिवर्तन सम्बन्धी नेपालको जुन प्रतिबद्धता, लक्ष्यहरु सेट भएको छ त्यो अनुसार नीति र कामहरु प्राथमिकतामा नपरेको बताए ।
उनले भने,‘हाम्रो देशमा स्वार्थको द्वन्द्व भन्ने कुराको व्याख्या कतैपनि छैन् । मन्त्री, प्रधानमन्त्रीले गर्ने कामदेखि लिएर अदालतले गर्ने निर्णयसम्म पनि द्वन्द्व छ । धेरै दुविधा भएको देशमा नीतिगत द्वन्द्वहरु पनि छ । जलवायु परिवर्तन सम्बन्धी नेपालको पनि जुन प्रतिबद्धता, लक्ष्यहरु सेट भएको छ । त्यो अनुसार हाम्रो नीति र काम जानुपर्नेमा अरु स्वार्थका नीतिहरु जुन राजनीतिबाट प्रधावित हुन्छन् । यो कारणले प्राथमिकतामा नपर्ने भएको छ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा