सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा बैंकको डेबिट कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइनेछ।
सम्बन्धित सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टर प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले फागुन ११ गते हस्ताक्षर गरेका छन्। सम्झौता दुई वर्षका लागि लागू हुनेछ।
यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास बैंकले लिएको छ। आम नागरिकको विश्वासका कारण बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा