सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिदिम, पाँचथर । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशअन्तर्गत पूर्वी पहाडी जिल्लाका ग्राहकलाई आधुनिक, दिगो र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ पाँचथरको फिदिम नगरपालिका–१ र ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले फागुन ८ गते फिदिममा आफ्नो १३०औँ शाखा तथा फागुन ९ गते फुङ्लिङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको हो।
शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा, कोशी प्रदेश प्रमुख सुधीर गौतम, फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन तथा नेपाल सरकारका प्रतिनिधि, स्थानीय संघसंस्था, बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो।
नयाँ शाखा सञ्चालनमा आएपछि पाँचथर र ताप्लेजुङका नागरिकहरूले सहज र प्रविधिसम्पन्न बैंकिङ सेवा प्राप्त गर्नेछन्। बैंकले आफ्नो सेवा विस्तारसँगै स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्याउने तथा वित्तीय पहुँचबाट बाहिर रहेका स्थानहरूमा आगामी दिनमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ।
पंजाब नेशनल बैंक (भारत) सँग संयुक्त साझेदारीमा सञ्चालित एभरेष्ट बैंकका हालसम्म १४ लाखभन्दा बढी ग्राहक, १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६७ एटीएम सञ्चालनमा छन्। यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रमार्फत सेवा दिँदै आएको छ। साथै, भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा