सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फुङ्लिङ, ताप्लेजुङ । पाथीभरा क्षेत्रको केबलकार निर्माण विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। शनिबार साँझ प्रहरी र ‘नो केबलकार’ पक्षबीच भएको झडपपछि परिस्थिति तनावग्रस्त बनेपछि निषेधाज्ञा जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) अनुसार आइतबार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म निषेधाज्ञा लागू गरिएको जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको सूचनाअनुसार निषेधाज्ञा क्षे
त्र पूर्वमा दोखु सल्लेरी, पश्चिममा घोचौंउ र थलङधार, उत्तरमा उकाली पानी तथा दक्षिणमा शेर्पा टोल, भेटेरिनरी कञ्चनजंघा टोलसम्म फैलिएको छ।
पाथीभरा क्षेत्रमा निषेधाज्ञाको दायरा
पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र निषेधाज्ञा तोकिएको छ। प्रशासनले निषेधाज्ञा लागू गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न प्रतिबन्ध लगाएको छ।
केबलकार निर्माणस्थलमा झडप
शनिबार साँझ फुङ्लिङ बजारमा ‘नो केबलकार’ पक्ष र प्रहरीबीच झडप हुँदा दुवै पक्षका व्यक्तिहरू घाइते भएका छन्। यसअघि बिहीबार पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। उक्त झडपमा प्रहरी, आन्दोलनकारी तथा अन्य गरी १३ जना घाइते भएका थिए।
स्थानीय प्रशासनले सुरक्षा स्थितिलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको जनाएको छ भने स्थिति थप जटिल नबनोस् भनेर नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा