सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।
शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ।
तस्विरहरू / बिजेन अमात्य
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा