सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । मन्थली नगरपालिकाका एक क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूले रकम सङ्कलन गरेर आर्थिक सहयोग गरेका छन् ।
बोन म्यारो क्यान्सरबाट पीडित भई उपचार गराइरहेका मन्थली मावि मन्थलीमा कक्षा ८ मा अध्ययनरत मन्थली नगरपालिका–७ निवासी १५ वर्षीय सन्देश पाण्डेको उपचारका लागि मन्थली माविका शिक्षकहरूले रकम सङ्कलन गरी सहयोग गरेका हुन् ।
सो विद्यालयमा कार्यरत शिक्षकहरूले ५० हजार रुपैयाँ सङ्कलन गरेर विद्यालयका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहाल मार्फत मन्थली नगरपालिका–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईँलाई हस्तान्तरण गरेका छन् ।
पाण्डेको उपचारका लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पनि आर्थिक सहयोग गरेका छन् । गौतमले उनको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
क्यान्सर पीडित पाण्डेको उपचारमा आर्थिक अभाव भएपछि पूर्ववडाध्यक्ष प्रसाईँ सहयोग सङ्कलनमा जुटेका छन् । हालसम्म उनको उपचारका लागि ३ सय जनाभन्दा बढीले आर्थिक सहयोग गरेका छन् । अधिकांश सहयोगीहरूले १ हजारदेखि २ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।
सहयोग गरिएको सबै जनाको रकम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी बिरामीलाई हस्तान्तरण गरिएको प्रसाईँले बताए । पाण्डेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा