सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी । शनिबार कोशी प्रदेश सरकार गठन भएको ७ वर्ष पूरा भएको छ । २०७२ सालको संविधान निर्माण र त्यससँगै जोडिएको सङ्घीयता कार्यान्वयनसँगै कोशी प्रदेशमा पहिलो पटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो ।
स्थापनाको ७ वर्ष पुरा भएको अवसरमा सरकारले विशेष समारोहको आयोजना गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बर बहादुर विष्टका साथै सरकारका मन्त्रीहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख परशुराम खापुङले कानुन निर्माण, संस्थागत संरचना सामाजिक न्याय र लोक कल्याणकारिता अभिवृद्धिमा उल्लेख्य काम गरेको उल्लेख गरे ।
प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशले भौतिक विकासमा उल्लेख्य उपलब्धि हासिल गरे पनि मानवीय सूचकाङ्कका विषयमा काम गर्नुपर्ने आवश्यक्ता रहेको औँल्याएका छन् । उनले भने, ‘बनेका कामहरूलाई संस्थागत गदै मानवीय संसाधनका कुराहरूलाई जोड दिनुपर्ने छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणको सन्दर्भमा प्रदेश सभाबाट पास भएको विषय रहेको उल्लेख गरेका छन् । उनले भने, ‘पहिचानका क्षेत्रमा के कस्ता काम गर्नु पर्ने हो प्रदेश सरकार तयार भएको अवस्था रहेको छ । यो अवधिमा पहिचानका क्षेत्रमा भएको काम अन्य कुनै प्रदेशमा नभएको दाबी पेस गर्दछु ।’
उनले सङ्घीय शासन प्रणालीलाई दिगो बनाउने गरी सबै क्षेत्रबाट काम गर्न जरुरी रहेको समेत बताए ।
सो अवसरमा कोशी प्रदेश सरकारको ७ वर्ष शीर्षकको पुस्तक समेत सार्वजनिक गरिएको छ । जसमा सरकारले ७ वर्षभित्र गरेका कामको फेहरिस्त उल्लेख गरिएको छ । उपलब्धि अनुसार पछिल्लो ७ वर्षमा ७५ वटा कानुन निर्माण भएका छन् भने, आर्थिक वर्ष २०७४–०७५ देखि २०८०–८१ सम्म प्रदेशका लागि २ खर्ब २९ अर्ब बजेट विनियोजन हुँदा १ खर्ब ६८ अर्ब ३९ करोड बजेट प्रदेशले खर्च गरेको उल्लेख गरिएको छ ।
७ वर्षमा ९ सरकार !
प्रदेश सरकारको स्थापना भएयता कोशीमा ९ वटा सरकार बनेका छन् । २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा पहिलो पटक सरकार गठन भएको थियो । यसै गरी दोस्रो मुख्यमन्त्रीका रूपमा २०७८ भाद्र ११ गते भीम प्रसाद आचार्य मुख्यमन्त्री बने । २०७८ कात्तिक १६ गते राजेन्द्र कुमार राईको नेतृत्वमा कोशी सरकार निर्माण हुँदा पहिलो ५ वर्ष सकिएको थियो ।
दोस्रो कार्यकालका लागि पहिलो मुख्यमन्त्री हिक्मत कुमार कार्की बने । वर्तमान मुख्यमन्त्री समेत रहेका कार्की २०७९ पौष २५ गते कार्की पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । दोस्रो कार्यकालको २ वर्षको यो अवधिमा भने, ६ वटा (सर्वोच्च अदालतबाट अवैधानिकसहित) सरकार बनेका हुन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा