सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा शुभकामना दिएकी छन्।
उनले इन्स्टाग्राममार्फत दीपकराज गिरीसँगको तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै शुभकामना व्यक्त गरेकी हुन्। उनको यो पोस्टमा अन्य कलाकार तथा प्रशंसकले पनि शुभकामना दिएका छन्।
यसैबीच, दीपकराज गिरी हाल पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन्। सानो पर्दाबाट चलचित्र क्षेत्रमा सफल यात्रा तय गरेको दीपक-दीपा जोडीलाई दर्शकले अत्यन्त रुचाउने गरेका छन्। तर, उनीहरू आफ्नो सम्बन्धलाई केवल असल मित्रताको रूपमा परिभाषित गर्दै आइरहेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा