सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ माघ । लगातार पाँच कारोबार दिनसम्म घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ६ दशमलव ५४ अङ्कले बढेर २ हजार ६ सय ८३ दशमलव ८६ विन्दुमा पुगेको छ ।
यसदिन २९९ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ७ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिईडिबि होल्डिङको ३६ करोड ८१ लाखको शेयर किनबेच भयो ।
आज बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन सिकलेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा