सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज(सोमबार)बाट १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता माघ ३० गतेसम्म सञ्चालन हुनेछ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीका अनुसार प्रतियोगितामा रामेछापका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७ सय ३९ जना खेलाडीले भाग लिँदैछन् ।
६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र कराँते जस्ता खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताको वाग्मती प्रदेश सभा सदस्य तथा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उदघाटन गरेका छन् ।
प्रतियोगिता सञ्चालनको लागि १२ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैँया नगद पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै स्काउट मार्च पास प्रदर्शनीमा पहिलो हुने पालिकाकालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैँया नगद पुरस्कार प्रदान गरिने छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा