सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ माघ । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले घटेर २ हजार ६७७ दशमलव ३२ विन्दुमा झरेको छ ।
यसदिन ३२२ वटा कम्पनिको १ करोड ४४ लाख ४३ हजार कित्ता शेयर ६ अर्ब ९६ करोड २ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज अन्य र व्यापारबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।
यसदिन बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा