सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबीच बैंकका ग्राहकहरूलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार, अप्टिक आइजका सेवा अन्तर्गत ग्राहकहरूलाई फ्रेम र सनग्लासहरूमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रिस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स तथा कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट उपलब्ध गराइनेछ। साथै, चश्माको सामान्य मर्मत तथा परामर्श निःशुल्क प्रदान गरिनेछ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ। बैंकले आगामी दिनहरूमा पनि सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति विभिन्न सहकार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा