सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ ।
आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभागी भएका छन् ।
सोही क्रममा नेपाल बास्केट बल संघको अध्यक्ष भिमसिन गुरुङले थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिपको दोस्रो संस्करण पहिलोकोभन्दा भव्यताका साथ सञ्चालन गरिरहेको बताएका छन् ।
उनले भने, ‘थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप भई रहेको छ । यो एउटा अन्तराष्ट्रिय स्तरको खेल हो । यो दोस्रो संस्करणको खेल हो । पहिलो संस्करण हामीले भव्यताका साथ सम्पन्न गरेका थियौं र यो वर्ष विगतको भन्दा पनि भव्यताका साथ सञ्चालन गरिरहेका छाँै ।’
यस्तै, उनले यो वर्ष पहिलाको भन्दा विदेशी खेलाडी र टिमको संख्या बढेको भन्दै आउँदो वर्षमा यसलाई अझै गुणस्तर खेलको रुपमा स्थापित गर्ने बताए ।
यसपालीको पुरस्कारको राशी तय नभए पनि विगतको भन्दा बढि नै राख्ने सोचमा रहेको पनि उनको भनाई छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा