सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । खानेपानीमन्त्री प्रदिव यादवले सिहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान भइरहेको प्रष्टाएका हुन् ।
उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरु नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपुर्ण कागजपत्रहरु जोगिएको बताए ।
उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनैपनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिलेपनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन् ।’
उनले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएरहोला भन्ने सोचेको बताए ।
उनले भने,‘ हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो । मैंले कार्यालय सहयोगीलाई सोधें उहाँले पानी तताउने मेसिन हिट भएरहोला भन्नुभयो । अनि पल्क निकालेर सवा पाँच बजे निस्कियौ । बिहान यस्तो दुखद घटना घट्यो ।’ उनले थप भने, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनवटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरु जलेका छन् ।’
शनिबार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगोलागी भएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा