सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकप्रति गम्भीर नभएको बताएका छन् ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ओली देश चलाउनका लागि र जनताको समस्या समाधानका गर्नका लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्न केन्द्रित भएको बताएका हुन् ।
उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुक सञ्चालनल गर्ने कुरामा गम्भीर हुनुहुन्न । जनताको समस्या समाधानका गर्नका लागि जिम्मेवार हुनुभएको छैन् । सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ । जसका कारण मुलुकको भविष्य संकटमा पर्ने संभावना देखिन्छ ।’
साथै उनले कांग्रेस र एमालेलाई संख्याको मात लागेको भए छिमेकी देश बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरे । उनले संख्याको मात लाग्यो भने, यसको दुरुपयोग गर्न थाल्योभने त्यसको प्रतिकार गर्न जनता सडकमै उत्रिने बताए ।
उनले भने, ‘अहिले उहाँले नयाँ भाष्य ल्याउनु भयो नेपालमा दुईवटा ठूला पार्टी मात्रै छन् भन्ने बुझाइरहनु भएको छ । दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ भन्ने ओलीको सोच छ, बहुदलीय होइन । संविधान संशोधन गरेर बहुदलीय नभइ दुई दलीय शासन प्रणाली स्थापित गर्न खोज्नु भएको हो कि ? हामी त्यो पर्खेर बसिरहेका छौं,’ अगाडि भने,‘उहाँहरुलाई संख्याको मात लागेको छ भने छिमेकी देशहरु सम्झिनुस् । चाहे बंगलादेश होस्, चाहे श्रीलंका होस्, त्यसले पाठ त सिकाइसकेको छ । संख्याले मात्र केही पनि हुँदैन, त्यो संख्याको मात लाग्यो भने यसको दुरुपयोग गर्न थाल्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उत्रिने छन् । जनता भन्दा शक्तिशाली कोहीपनि हुँदैन ।’
यसैगरी उनले पदमा बस्नको लागि धेरै आतुर हुने, तर पदीय जिम्मेवारी पूरा नगर्ने प्रवित्ति बढेको बताए । उनले जनतामा नयाँ आशा, भरोसा र विश्वास दिलाउन सक्नुपर्ने औंल्याए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा