सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।
एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो ,भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित गरेको हो ।
एनआरटीले फाइनल स्थान बनाउने क्रममा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापा र पाहुना टिम युकेएफसी भारतलाई पराजित गरेको थियो ।
चर्च ब्वाइजले भने चार पटकको विजेता नेपाल पुलिस क्लब र पाहुना टिम भुटानलाई हराउँदै बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल खेल्न लागेको हो । यस सिजनमा चर्चब्वाइज र एनआरटी क्लबले ४ वटा फुटबल प्रतियोगिता र ३ वटामा सँगै फाइनल खेलेका छन् ।
यस सिजनमा खेलेको अनुभव बुढा सुब्बाको फाइनल खेलमा प्रयोग हुने एनआरटीका टिम कोच श्याम मालीले बताए ।
‘यस सिजनमा हामी फर्ममा छौँ यस अगाडी खेलेका फाइनल खेलहरुको अनुभवले पक्कै काम गर्ने मालीले भने । ’चर्च ब्वाइज राम्रो टिम रहेकोले खेललाई राम्रोसँग खेल्ने तयारी रहेको टिम क्याप्टेन सरोज घिसिङले बताए ।
यसअघि चर्च ब्वाइजले इलाम गोल्डकप उपाधि जितेको थियो । ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्चब्वाइजले एनआरटीलाई कडा प्रतिस्पर्धीका रूपमा रहेको चर्चब्वाईजका टिम कोच सुमन श्रेष्ठले बताए ।
एनआरटी बलियो टोली भए पनि उच्च मनोबलका साथ फुटबल खेल्ने उनले बताए । एनआरटी राम्रो टिम हो तथापि राम्रो खेलेर टिमलाई उपाधि दिलाउने लक्ष्य रहेको चर्चब्वाइजका टिम क्याप्टेन अनन्त तामाङले बताए ।
धरान रङ्गशालामा हुने फाइनल खेलका विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउने आयोजकले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा