सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । कबीरजीको निर्वाण दिवसको अवसरमा धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा महायज्ञ तथा विशाल भण्डारा आयोजना हुने भएको छ ।
पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गतेसम्म पूर्णब्रह्म कबीर साहेबजीको निर्वाण दिवसको अवसरमा निःशुल्क विशाल भण्डारा आयोजना गर्न लागिएको हो ।
उक्त अवसरमा सन्त गरिबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा एवं आध्यात्मिक प्रदर्शनीलगायतका सामाजिक कार्यक्रमहरू आयोजना गरिएको पूर्णब्रह्म कबीर उपासक समाजका अध्यक्ष कुमार डंगोलले जानकारी दिएका छन् ।
पूर्णब्रह्म कबीर साहेबजी भारतको उत्तर प्रदेश स्थित संत कबीरनगर जिल्लाको मगहर भन्ने स्थानबाट लाखौं मानिसहरुको सामुबाट सशरीर सतलोक गएर निर्वाण धारण गर्नुभएको दिनको सम्झनामा कबीर साहेबको निर्वाण दिवस मनाउन लागिएको अध्यक्ष डंगोलले बताए ।
कार्यक्रममा सन्त गरिबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा एवं आध्यात्मिक प्रदर्शनी, आदी जस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरू हुने उनले बताए ।
कार्यक्रममा नेपाल,भारत लगायत विभिन्न देशका पाँच लाख भन्दा बढी मानिस सहभागी हुने र सबैका खाने,बस्ने,ओढ्ने,ओछ्याउने आदी व्यवस्था निःशुल्क रुपमा गरिएको समेत आयोजकले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा