सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ माघ । शेयर बजार आज पनि सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलज ४५ अङ्कले घटेर २ हजार ७११ दशमलव ४५ विन्दुमा झरेको छ ।
यसदिन ३०९ वटा कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर ८ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको ३३ करोड ७६ लाखको शेयर किनबेच भयो ।
आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर ५।६७ प्रतिशतले उकालो लागेको छ ।
यसदिन सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा