सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपता भएका युवकको शव फेला परेको छ ।
सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो ।
राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।
उनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार राती सम्म र पुनः बुधबार बिहान खोजी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा