सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मंगलबार तीन वटा संसदीय समितिकोे बैठक बस्दै छ ।
जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १ बजे बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दै छ । बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दै छ । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बैठको कार्यसुचि रहेको छ ।
यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित माननीय मन्त्रीहरुसँग छलफल गरिनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा