सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ पुस्तक विमोचन गरिएको छ ।
आइतबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा उक्त प्रकाशन ‘सरोकार दर्पण’ विमोचन गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले उक्त पुस्तक पढ्दा समितिलाई दिएको जिम्मेवारीलाई पूरा गर्नको निम्ति अत्यन्तै गम्भीरताका साथ लागेको भन्ने अनुभूत भएको बताए ।
उनले भने,‘यसको मूल कन्टेन्ट, भन्न खाजेको, दिशा निर्देश गर्न खोजेको र यसले समितिलाई दिएको जिम्मेवारीलाई पूरा गर्नको निम्ति अत्यन्त गम्भीरताका साथ लागेको भन्ने अनुभूत चाँही मलाई भयो ।’
अहिले जनस्तरमा संघीयताप्रति नकारात्मक टिप्प्णी भएको महशुस भएको भन्दै कहीं न कहीं कार्यान्वयन गर्नेहरु नै असन्तुष्ट रहेको अवस्थामा जनताहरुले असन्तुष्ट पोख्नु स्वभाबिक रहेको बताए ।
त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले उक्त पुस्तक लोकार्पणले संसदीय व्यवस्था र संघीयतालाई योगदान पुग्नकासाथै संसद र सांसदहरुलाई पनि योगदान पुग्ने बताए ।
उनले समितिलाई राजनीतिकसँगे प्राज्ञिक थलोको रुपमा लिएर जाने सन्दर्भमा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै पूर्वसांसद राधेश्याम अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्थामा सुधार आउन आवश्यक रहेको बताए ।
सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘राज्यका तीन अंगमध्ये कार्यपालिकाको हातमा डाडु पन्यूँ छ । तर संसद्ले एउटा पुस्तकसम्म निकाल्न नसक्ने अवस्था छ । यो अवस्था घिनलाग्दो हो’, अधिकारीले भने ।
संसदीय समितिले डोनरको सहयोगमै ‘सरोकार दर्पण’ प्रकाशन गरेको हो । दर्पण पुस्तक प्रकाशनका लागि समितिले यूएनडीपी, एशिया फाउन्डेसन, एनडीआई, आईआरआई, जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च (एनएफपीपीडी) लगायतको सहयोग लिएको छ ।
उक्त पुस्तक विमोचकमा बोल्दै अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्था उचित नभएको बताए ।
‘संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन कि,’ अधिकारीले भने ।
उनले अहिले संसद्मा अनुसन्धानका लागि पनि लगानी नभएको पनि बताए ।
जसकारण संसद् कमजोर भएको उनको भनाइ छ । पुस्तकालय पनि त्यति प्रभावकारी नभएको अधिकारीले बताएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा