सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठक भोली फेरी बस्नेगरी सकिएको प्रवक्ता छ ।
आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनले भने,‘ आज बोल्ने मानिसको पालो नसकिएको र विषयमाथिको छलफल बाँकी नै रहेकाले भोली बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।’
बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल भएको छ ।
आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखे ।
बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ ।
त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेस केन्द्रित दलहरु बीचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको उनले बताएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा