सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ‘लेट्स गो विथ द फ्लो’ भन्ने नाराका साथ ललितपुरको युएन पार्क नजिकै सफायर एस्थेटिक सञ्चालनमा ल्याइएको छ ।
शनिबार नेपालका लोकप्रीय कलाकार प्रशान्त ताम्राकार, प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन गरेका हुन् ।
सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलाजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिनेछ ।
यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायत दक्ष विशेषज्ञ टिमबाट सेवा प्राप्त गर्न सकिनेछ ।
यहाँ नयाँ टेक्नोलाजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको सहायताले फेसियल एनलाईसिस, वडी कम्पोजिसन एनालाईसिसको सुविधा प्राप्त गर्न सकिन्छ । क्रायोलाइपोलाईसिस ( चिसोबाट सेकेर बोसो पगाल्ने), इएनटी स्लिमिंग (यसबाट बोसो पगालेर मसल्स स्टेन्थिंग गर्ने जसका लागि अब विदेश जानु नपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिए ।
यसबाहेक सफायर एस्थेटिकमा फेसियल कन्टोरिंग गर्ने हाइफु प्रविधिको सुविधा छ जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्वपूर्ण हुनेछ ।
यस बाहेक कार्वनडाइअक्साइड लेजर जसमा कार्वन फिलिंग, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइडाफेसियललगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् ।
यसले तपाईंलाई सुन्दर बनाउनुका साथै तपाईंको आत्मबल र आत्मविश्वास बढाउन मद्धत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ ।
विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र वेटर रुपमा अघि बढाउन हामी नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा