सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । मधेश प्रदेश सभाको सातौं वार्षिक उत्सव मनाउने तयारी थालिएको छ ।
मधेश प्रदेश सभा गठन भएको सात वर्ष पुग्न लागेको अवसरमा माघ २१ गते विभिन्न कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाउन लागिएको हो । वार्षिकोत्सवको तयारीलाई तिब्रता दिइएको छ ।
वार्षिकोत्सवको तयारी हुदैँ गर्दा के मधेश प्रदेश र प्रदेशवासीले संघीयताको अनुभव गर्न सकेको छ, प्रदेश संरचना निर्माण भएपछिको उपलब्धी के के हुन, अरु के गर्न बाँकी छ भन्ने प्रश्नहरुको उत्तर पाउन मुस्किल छ ।
सांसद राम आशिष यादवले वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयतामाथि प्रश्न उठिरहेको बताएका छन् ।
उनले भने, ‘जसरी प्रदेशका गौरवका योजनाहरु अन्तरगतका कार्यक्रमहरुलाई सरकारले राम्रोसँग चलाउन सकेन भएको विश्वविद्यालयलाई पनि गुणस्तर बनाउन सकिरहेको छैन् । भनेपछि वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयता माथि प्रश्न उठिरहेको छ । किनभने भएको ऐनलाई कार्यान्वयन गर्न त सक्नुपर्यो नि ।’
यसको साथै, अर्का सांसद भरत साहले संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु र उसका नेताहरु वेइमान रहेको बताए ।
उनले भने, ‘संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु वेइमान छन् । उसका नेताहरु वेइमान छन् । अझैपनि देशमा अर्को ठूलो महत्वपूर्ण आन्दोलन र परिवर्तन भएन भने महत्वपूर्ण अधिकारहरु दिने पक्षमा छैनन् ।’
संघीयता आएको सात वर्ष पूरा भइसक्दा केही काम भएको छैन् भन्न नमिल्ने सांसद रुपा यादव बताउँछिन् । उनले समग्रमा काम भएको र बाँकी कामका लागि नीति नियम बन्दै गरेको पनि बताइन् ।
उनले भनिन्, ‘संघीयता आएको सात वर्ष पूरा भइसक्यो । सात वर्षमा काम भएको छैन भन्ने पनि होइन तर जति हुनुपर्ने हो त्यो भन्दा कम भएको हो । यसमा कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा सरकारले पनि हेर्नुपर्ने हुन्छ । समग्रमा काम भएको छ । यसको लागि नीति नियम बन्दैछ, विस्तारै हुन्छ होला ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा