सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामान्य अवस्थामा अध्यादेशमार्फत कानुन ल्याइनु प्रजातन्त्र बिपरीत भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र बिपरीत भएको भन्दै यसले संसदलाई औचित्यहीन बनाएको बताए ।
उनले भने, ‘सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र बिपरीत हो । संसदलाई औचित्यहीन बनाउनु हो । सहकारी ठगको सम्पत्ती र लगानी जफत गरी जनताको बचत फिर्ता प्रावधान अध्यादेशमा छैन । २० प्रतिशत भन्दा बढी मुनाफा खान नपाउने कानुनी व्यवस्था खारेज गरिएको अध्यादेशले कालाबजारीलाई फाइदा भएको छ । चार सयको सिमेन्ट आठ सय पुग्यो, उपभोग्य सामानको मूल्य बढ्यो । यस्तो अध्यादेशलाई जनताले पालना गर्न पर्दैन ।’
उनले सरकारी जग्गा मासेर बेच्ने काम राजनीति नभएको भन्दै पाथीभरामा केवलकार ल्याउने काम जनबिरोधि काम भएको बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा