सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहट प्रहरी भन्सार छलेर तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका गस्ती टोलीले तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अबैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो ।
प्रहरी टोलिले किराना र कपडा लगायतका सामन बरामद गरेको उनले जानकारी दिए । गौर नगर पालिका वडा न ४ बसपार्क एरियाबाट सामन बरामद भएपनि मानिस पक्राउ नपरेको उनले बताए ।
बरामद गरेको सामानको करिव एक लाख १२ हजार रुपैंयाँ मूल्याकंन गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
उक्त सामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा