सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ माघ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. द्वारा निर्माण हुन लागेको ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानी सम्झौता सम्पन्न भएको छ।
२०८१ माघ १८ गते कुमारी बैंक लिमिटेडको अगुवाइमा भएको ऋण सम्झौतामा एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त सहभागिता रहेको छ। कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड लगायतका संस्थाहरूको सम्मिलित रु. १५ अर्ब १८ करोड ७५ लाख लगानीमा आयोजना निर्माण हुने भएको छ।
स्वपुँजी लगानी र अन्य साझेदारी
आयोजनामा स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको रहनेछ। साथै, डोल्मा इम्प्याक्ट फण्डले ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने सम्भावना रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी गराएका छन्। यसै समूहद्वारा निर्माणाधीन २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ।
विद्युत् खरिद सम्झौता र प्रसारण लाइन
नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक १ गते विद्युत खरिद सम्झौता (PPA) भइसकेको छ। सम्झौताअनुसार २०८६ साल वैशाख २२ गतेभित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य राखिएको छ।
आयोजनाबाट उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश गरिएको छ।
उक्त आयोजनाले नेपालका लागि थप ऊर्जा आपूर्ति वृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा