सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बनबारे सभामुख देवराज घिमिरेसँग भेट गरी ध्यानाकर्षण गराएका छन्। शुक्रबार सिंहदरबार पुगेर लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन्। भेटमा उनले आफूलाई लागेको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्।
लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि उनको पद निलम्बन भएको हो।
सभामुखसमक्ष दिएको निवेदनमा लामिछानेले अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरे मात्र निलम्बनको प्रक्रिया लागू हुनुपर्ने जिकिर गरेका छन्। तर, हालसम्म त्यस्तो अवस्था नआएको भन्दै उनले आफ्नो निलम्बन फुकुवा गर्न माग गरेका छन्।
सभामुख घिमिरेसँगको भेटमा रास्वपाका अन्य सांसदहरू समेत सहभागी थिए। सभामुखले यसबारे आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएको स्रोतले जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा