सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरु भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् ।
सो नगरपालिकाको वडा नम्बर १,३,६ र १० को आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भएको छ ।
वडा कार्यालयबाट पाउने सेवा लिन समस्या हुने गरेको स्थानीय जगरूप चौधरीले बताए । उनका अनुसार स्थानिय सरकार आएको ७ वर्ष वित्न लाग्दा पनि वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुनु दुःखद हो । नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधिहरु वडा कार्यालयहरु बनाउन तर्फ अग्रसर हुनुपर्ने उनको तर्क छ ।
तर फतुवा बिजयपुर वडा नम्बर ११ ले आफ्नै भवन बनाउन तर्फ अग्रसरता देखाएको छ । भाडाको कोठामा सञ्चालन हुँदै आएको सो वडाले भवन निर्माणको कामलाई तिब्रता दिएको हो ।
बजार समितिको भवनको माथि पहिलो तल्ला वडा कार्यालयको लागि भवन बनिरहेको छ । बजार व्यवस्थापन समितिको सहमतीमा नै वडा कार्यालयको भवन निर्माणको काम भैइरहेको वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए ।
उनका अनुसार वडाले चालुु आर्थिक वर्ष भित्रमा नै आफनै प्रशासनिक भवन पाउने छ । वडा स्तरीय योजना बाट १४ लाखको लागतमा सो वडा कार्यालयको भवन बनिरहेको उनले जानकारी दिए । यस अघि आर्थिक वर्ष २०८०÷८१ मा १० लाखको लागतमा छत ढलानको काम भएको थियो ।
अहिले पर्खाल,पलास्टर,वायरिङ्ग लगायतका कामहरु भइरहेको उनको भनाइ छ । फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरुले आफ्नो भवन निर्माणमा चासो दिनुपर्ने वडा बासीको माग छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा