सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शहीदहरुको कारणनै वर्तमान व्यवस्था प्राप्त भएको भन्दै शहीदहरुलाई सँधै स्मरणमा राख्नुपर्ने बताएका छन् ।
शहीद दिवस २०८१ समारोह कार्यक्रममा उनले नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागि आफ्नो अमुल्य जीवन आहुति दिने महान शहीदहरुप्रती श्रद्धान्जली अपर्ण समेत गरे ।
उनले भने, ‘नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागी आफ्नो अमुल्य जीवन आहुति दिने महान शहीदहरुप्रती श्रद्धान्जली अपर्ण गर्न चाहान्छु । लोकतन्त्र र प्रजातन्त्रको लागी आफ्नो जीवनको आहुति दिएका शहीदहरु प्रति बागमती सरकार भावपुर्ण श्रद्धासुमन व्यक्त गर्न चाहान्छ । शहीदहरुको कारणनै लोकतन्त्रदेखी सबै प्राप्त भएको हो । स्वतन्त्र प्राप्तिको लागी शहीदहरुको देनलाई स्मरण गर्ने दिन पनि हो । सम्पुर्ण नेपालीहरुले आज शहीदहरुप्रति लोकतन्त्र प्राप्तिको लागि उहाँहरुको स्मरण गर्नै पर्छ भन्ने मान्यता हो ।’
त्यस्तै उनले हेटौडामा रहेको शहीद स्मारकलाई पर्यटकिय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘यो स्मारक पनि महत्वपूर्ण छ र यसले शहीदहरुप्रति पनि सम्मान भएको छ । शहीदहरुको स्मारकको रुपमा मात्र नभई यो पर्यटक स्थल बनाउनको लागी स्थापना भएको छ । यो स्मारकलाई पर्यटकिय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्छ ।’
त्यस्तै, बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मानव अधिकारको उपभोग गर्न पाउँदैगर्दा शहीदको रगतको कदर पनि गर्नुपर्ने बताए । शहीदहरुको त्यागलाई शहीद सप्ताह र शहीद दिवसका केही विचार प्रभावमा सिमित नराखी सत्मार्गको बाटोमा अघि बढि समृद्धिको ढोका उघार्नुपर्ने धारणा राखे ।
उनले भने, ‘हामीहरुले कहिलै नपाएको मौलिक र मानव अधिकारको उपभोग गर्न पाएका छौ । हामीले शहीदको रगतको कदर गरेका छौ ? के हामीले शहीदको सपनालाई सिरोधार्य गरेका छौ । आज हामी हाम्रो न्याय स्वतन्त्रता, अस्तित्व र गौरवको लागी आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुलाई स्मरण गर्दै शहीदको साधकको न्यायोचित कदर गर्ने छौ भन्दै प्रण गर्नुपर्छ । शहीदहरुको त्यागलाई शहीद सप्ताह र शहीद दिवसका केही विचार प्रभावमा सिमित नराखी हामी सत्मार्गमा अघि बढि समृद्धिको ढोका उर्घानुपर्दछ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा