सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान अनिल कुमार शाहलाई अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । मंगलबार एक विशेष कार्यक्रमकाबीच शाहलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।
ब्राण्ड एम्बेसडरमा नियुक्त भएसँगै शाहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले खेल र शिक्षा कतै न कतै जोडिएको विषय समेत भएको बताए ।
उनले भने, ‘अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा म धेरै नै खुसी भएको छु । मलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकामा धन्यवाद व्यक्त गर्न चाहन्छु । खेल र शिक्षा कतै न कतै जोडिएको छ । कुनै पनि देशमा गएर खेल्दाखेरी एकदमै सपोर्ट पाउँछौं । जहाँ ८० देखि ९० प्रतिशत विद्यार्थीहरु सपोर्ट गरिरहेको हुन्छन् ।’
साथै उनले खेलाडीहरुलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गर्दा आर्थिक सहयोगका साथै करियरमा बुस्ट भइरहेको बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा