सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ माघ । साताको तेस्रो दिन भने शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार २४ दशमलव ५० अङ्कले बढेर २ हजार ६ सय ५७ दशमलव ७७ विन्दुमा पुगेको छ ।
कारोबार रकम पनि बढेको यसदिन ३२५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाखको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा