सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ १५ । काठमाडौँ महानगरपालिकाले सहर सफा र स्वच्छ राख्नका लागि सार्वजनिक स्थानमा फोहोर फाल्न कडा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै, सडक, फुटपाथ, र अन्य सार्वजनिक स्थानमा फोहोर फाल्ने वा थुपार्ने कार्य रोक्नका लागि कठोर कदम चालेको जानकारी गराएको हो।
महानगरपालिकाले काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) अनुसार नियम तोड्नेलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिने चेतावनी दिएको छ।
सूचनामा भनिएको छ, “घर, कम्पाउन्ड वा परिसरको फोहोर सार्वजनिक स्थानमा फाल्ने वा थुपार्ने कार्य गरिएको पाइएमा ऐनअनुसार कारबाही गरिनेछ।”
महानगरपालिकाले फोहोरमैला सडक वा सार्वजनिक स्थानमा फाल्दा सहर दुर्गन्धित हुने र यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने जनाउँदै, सबैलाई जिम्मेवार हुन आग्रह गरेको छ।
सहर सफा र स्वस्थ राख्न महानगरपालिकाले सर्वसाधारणलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न र सार्वजनिक स्थानमा फोहोर नगर्न आग्रह गरेको छ। साथै, फोहोर व्यवस्थापनको लागि महानगरपालिकाले अन्य वैकल्पिक उपाय अपनाउन प्रेरित गर्ने योजना बनाइरहेको पनि जनाएको छ।
यो अभियानले काठमाडौँलाई हरित, स्वच्छ, र प्रदूषणमुक्त बनाउने उद्देश्यलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा